बैतडी बस दुर्घटना अपडेट : ज्यान गुमाएकामध्ये चार जनाको परिचय खुल्यो

 कात्तिक २८, २०७७ शुक्रबार १०:५२:३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनामध्ये चार जनाको परिचय खुलेको छ ।

पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा बैतडीको दोगडाकेदार-६ का २५ वर्षका प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ कै २७ वर्षका करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षका कीर्तिका कार्कीको परिचय खुलेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अरु पाँच जनाको पहिचान हुन सकेको छैन । उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ ।  दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

ना ५ ख ५१४१ नम्बरको बस गएराति खोड्पे बजार नजिक दुर्घटना भएको हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया