नेपालगञ्ज : खसीकाे भनेर बाख्राकाे मासु बेच्नेलाई जरिबाना

 कात्तिक २८, २०७७ शुक्रबार १४:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जमा रहेका मासु पसलको अनुगमन गरेको छ ।

उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्री गरेको पाइएको छ ।

त्यस्तै बिना अनुमति पसल सञ्चालन गरेको पनि भेटिएको छ । टोलीले नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार रुपैयाँ जरिबानासहित बन्द गराएको छ । बाख्राको मासुलाई खसीको भन्दै बिक्री गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रीका लागि राखिएको पाइएको नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

पसलबाट खाना अयोग्य ३५ किलो मासु नष्ट गरिएको छ । यसैगरी फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्री भएको पाइएकाले दर्ता नहुँदासम्म ब्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको छ ।
 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया