खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – निर्माण सामग्री अभावका कारण काठमाण्डाैको गौशाला–चावहिल सडक निर्माणको काम रोकिएको छ । यो महिनाको मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको हो ।
निर्माण सामग्री भए तोकिएको समयमा काम सम्पन्न हुने डिभिजन सडक कार्यालय काठमाण्डौका प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँका अनुसार लेलेमा रहेको ढुङ्गा, रोडा उद्योगमा आवश्यक सामग्री तयारी भइसकेको थियो । ती सामग्री ल्याउन प्रयास गरिए पनि प्रशासनले रोक लगाएका कारण ल्याउन सकिएको छैन ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले यही कात्तिक ४ गते निर्णय गरेर मापदण्ड विपरीत सञ्चालित नदीजन्य तथा खानीजन्य उत्खनन, ओसारपसार तथा बिक्री/वितरणमा रोक लगाउने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुरका जनप्रतिनिधि सम्मिलित बैठकले अर्को सूचना नभएसम्मका लागि ती उद्योगमा रोक लगाएको थियो ।
ललितपुरका लेले, नल्लुलगायत क्षेत्रबाट नै काठमाण्डौ उपत्यकाका धेरैजसो सडकलगायत पूर्वाधार निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टीलगायत सामग्री आउने गरेको थियो । सडक निर्माण सम्पन्न गर्न अरु–अरु ठाउँबाट सामग्री ल्याउन सकिने भए पनि त्यसका लागि थप समय लाग्ने प्रमुख नेपालीले बताउनुभयो ।
यस्तै काठमाण्डौको पुतलीसडकबाट ज्ञानेश्वर हुँदै कमलपोखरीसम्मको सडक निर्माण पनि निर्माण सामग्री अभावकै कारण बन्द छ । सडक निर्माण भइरहेकै समयमा निर्माण सामग्री नहुँदा काम बीचैमा अलपत्र भएको देखिन्छ । गौशाला–चावहिल सडक गाडीको धेरै चाप रहेको उपत्यकाको सडकमध्ये एक हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।