ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कसैले भारतलाई उक्साए भारतले त्यसको ‘प्रचण्ड जवाफ’ दिने बताएका छन् ।
मोदी सेनाका जवानसँग दीपावली मनाउन जैसलमेरको लोङ्गेवाला पुगेका थिए । सेनाका जवानलाई बधाई दिएपछि मोदीले चीनतर्फ इसारा गर्दै भने, ‘आज पूरा विश्व विस्तारवादी शक्तिलाई लिएर चिन्तित छ । यो एक प्रकारले मानसिक विकृति हो र १८ औँ शताब्दीको सोचलाई दर्शाउँछ ।’
उनले भने, ‘भारत अर्काे कुरा सुन्ने र आफ्नो कुरा सम्झाउने नीतिमा विश्वास गर्छ तर यदि कसैले उक्साउँछ भने भारत प्रचण्ड जवाफ दिन तयार छ ।’
मोदीको यो अभिव्यक्ति भारत र चीनबीच जारी सीमा विवादका बीच आएको हो ।
दुवै देशका सैन्य कमाण्डरबीच विवाद समाधानका लागि वार्ता र बैठकका साथै राजनीतिक भ्रमण पनि भएको थियो । तर कुनै नतिजा भने निस्कन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउने गरेका छन् ।
लोङ्गेवाला पोस्टमा सैनिकहरूलाई सम्बोधन गर्दै मोदीले विश्वको कुनै पनि शक्ति भारतीय सैनिकलाई सीमाको सुरक्षा गर्नबाट रोक्न नसक्ने बताए ।
भारतीय प्रधानमन्त्री मोदीले सतर्कता नै आफ्नो सुरक्षाको बाटो भएको भन्ने कुरालाई कहिल्यै पनि भुल्न नसकिने बताए ।
गएको १५ जुनमा दुई देशबीचको सङ्घर्षमा २० भारतीय सैनिकको ज्यान गएपछि यी दुई देशबीच तनाब बढिरहेको छ । त्यो सङ्घर्षमा चिनियाँ पक्षको के–कति क्षति भयो भन्ने बारे आधिकारिक जानकारी अझै आइसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।