१ हजार ४७७ जना काेराेनाका सङ्क्रमित थपिए, २ हजार ७९८ जना डिस्चार्ज

 कात्तिक ३०, २०७७ आइतबार १६:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख नाै हजार सात सय ७६ पुगेकाे छ । आइतबार थप एक हजार चार सय ७७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

त्यस्तै गएकाे २४ घण्टामा दुई हजार सात सय ९८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ७३ हजार चार सय ३० पुगेको छ ।  

अब नेपालमा ३५ हजार एक सय २५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार २१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय २१ पुगेको छ ।    

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया