बिहार चुनावका बेला राहुल गान्धी पिकनिक मनाइरहेका थिए : आरजेडी नेता

 मंसिर १, २०७७ सोमबार १०:४:४२ | एजेन्सी
unn.prixa.net

राष्ट्रिय जनता दलका नेता शिवानन्द तिवारी

काठमाण्डाै – भारतको राष्ट्रिय जनता दल (आरजेडी) का वरिष्ठ नेता शिवानन्द तिवारीले बिहारमा भएको चुनावमा महागठबन्धनको हारको लागि सहयोगी कांग्रेस र उसका नेता राहुल गान्धीलाई जिम्मेवार ठहराएका छन् ।  

शिवानन्द तिवारीले समाचार एजेन्सी एएनआईसँग भने, ‘कांग्रेस महागठबन्धनको लागि खुट्टाको नेल बन्यो । उसले ७० उम्मेदवार मैदानमा उतार्यो तर ७० र्याली पनि गरेन ।’

तिवारीले चुनाव प्रचारको लागि राहुल गान्धी तीन दिनको लागि आएको तर प्रियंका गान्धी एक दिन पनि नआएको बताए । 

उनले भने, ‘यो चुनावमा मेरो पूरै जोड थियो तर राहुल गान्धी सिमलामा प्रियंका गान्धीको घरमा पिकनिक मनाइरहेका थिए, के यस्तो प्रकारले पार्टी चल्छ ?’  

शिवानन्द तिवारीले अघि थपे, ‘कांग्रेस पार्टीले जसरी आफ्नो कारोबार चलाएको छ, त्यसको आधारमा भारतीय जनता पार्टी (बीजेपी) लाई फाइदा पुगिरहेको छ भन्न सकिन्छ ।’

उनको यो स्थिति बिहारमा मात्र नभएको बताए । अरु राज्यमा पनि कांग्रेस धेरैभन्दा धेरै सिटमा चुनाव लड्नको लागि जोड दिने तर जित्न भने नसक्ने तिवारीको भनाइ छ । कांग्रेसले यसबारेमा विचार गर्नुपर्ने उनले बताए । 

पार्टीको स्थितिलाई लिएर कांग्रेसका वरिष्ठ नेताहरुले सोनिया गान्धीलाई लेखेको पत्रबारे पनि उनले चर्चा गरेका छन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया