४८३२ जनाकाे काेराेना परीक्षण गर्दा १ हजार १९७ जनामा सङ्क्रमण, थप २ हजार ९३४ जना डिस्चार्ज

 मंसिर १, २०७७ सोमबार १७:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १० हजार नाै सय ७३ पुगेकाे छ । साेमबार थप एक हजार एक सय ९७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

चार हजार आठ सय ३२ जनाकाे नमुना परीक्षण गर्दा एक हजार एक सय ९७ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार नाै सय ३४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ७६ हजार तीन सय ६४ पुगेको छ ।  

अब नेपालमा ३३ हजार तीन सय ७९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार १३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा नाै जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय ३० पुगेको छ ।     

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया