जाे बाइडेनकाे चेतावनी : ‘ट्रम्पले सहकार्य नगरे थप सङ्क्रमितकाे ज्यान जान सक्छ’

 मंसिर २, २०७७ मंगलबार ७:५९:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै –  डोनाल्ड ट्रम्पले यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई अवरुद्ध पारेर राखे ‘थप मानिसहरुको ज्यान जान सक्ने’ जो बाइडेनले चेतावनी दिएका छन् ।

डेलावेरमा बोल्दै राष्ट्रपतीय चुनाव जितेका बाइडेनले कोरोना महामारीको सामना गर्न सहकार्यको आवश्यकता थियो भनेका छन् ।  

बाइडेनले फेरि एक पटक ट्रम्पलाई चुनावको नतिजा स्वीकार्न आग्रह गर्दै प्रक्रिया रोकेर राख्नु लज्जाको विषय भएको बताएका छन् । 

अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले पनि सामाजिक सञ्जालमा ‘यो खेल होइन’ भनेर लेखेकी छिन् । 

राष्ट्रपतीय चुनाव जित्न दुई सय ७० इलेक्टोरल मत चाहिने भए पनि बाइडेनले तीन सय ६ मत पाएका छन् । 

तर पनि रिपब्लिकन पार्टीका ट्रम्पले सोमबार बिहान ‘मैले चुनाव जिँते’ भन्दै ट्वीट गरेका थिए ।

ट्रम्प अभियानले गएको ३ नोभेम्बरमा भएको मतदानका क्रममा मतगणनाको लागि कानुनी चुनौती थपिदिएको थियो ।

राष्ट्रपतीय चुनावपछि सङ्क्रमणकालीन कार्यहरु गर्ने सरकारी निकाय जनरल सर्भिस एडमिनिस्ट्रेशन (जीएसए) ले अहिलेसम्म जो बाइडेन र उनकी चुनावी सहकर्मी कमला ह्यारिसलाई विजेताका रुपमा स्वीकार गरिसकेको छैन । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया