बिहार चुनाव : कांग्रेस नेता एकअर्कामाथि खनिए

 मंसिर २, २०७७ मंगलबार १२:१८:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको बिहार राज्यमा भएको विधान सभाको चुनावमा कांग्रेसको कमजोर प्रदर्शनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ । 

पार्टीका वरिष्ठ नेता कपिल सिबलले खुलेर पार्टीको आलोचना गरेपछि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले आपत्ति जनाएका छन् । 

कपिल सिबलले इण्डियन एक्सप्रेसलाई एक अन्तर्वार्ता दिँदै एक ट्वीट पनि गरेका छन् । 

त्यस अन्तर्वार्तामा उनले भनेका थिए, ‘बिहार चुनावलाई लिएर पार्टी नेतृत्वले अहिलेसम्म केही पनि भनेको छैन, उनीहरुले सबै ठिक भइरहेको छ भने सोचिरहेको जस्तो लाग्छ ।’

उनले पार्टीले कमजोर हुँदै गइरहेको स्वीकार्नुपर्ने र फेरि मजबुत बनाउनका लागि अनुभवी दिमाग, अनुभवी हात र राजनीतिको वास्तविकतालाई बुझ्ने मानिसहरुको अवश्यकता रहेको बताए । 
उनको यो अन्तर्वार्तापछि अशोक गहलोतले कैयौँ ट्वीट गरेका छन् । 

अशोक गहलोतले भनेका छन्, ‘कपिल सिबलले हाम्रो आन्तरिक विषयलाई मिडियामा चर्चाको विषय बनाउन आवश्यक थिएन, यसले देशभर रहेका हाम्रा कार्यकताहरूको भावनामा चोट पुगेको छ ।’

बिहार चुनावमा कांग्रेसले राष्ट्रिय जनता दलसँग गठबन्धन गरेको थियो । कांग्रेसले प्रदेशको दुई सय ४३ मध्ये ७० सिटमा चुनाव लडेको थियो । उसले १९ सिट जितेको थियो ।    

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया