पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन लागेको छ : पर्यटन मन्त्री भट्टराई

 मंसिर २, २०७७ मंगलबार १७:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन लागेको बताउनु भएको छ ।

आज अमादब्लम हिमालको आधार शिविरमा पुगेर सामूहिक तस्बिर खिचाउँदै उहाँले पर्यटन क्षेत्रमा उत्साह थपिँदै गएको बताउनु भएको हो । उहाँले आधार शिविरमा आमादब्लम हिमाल आरोहणमा पुगेका बेलायती क्यान्टन र उहाँको आरोहण दलका नेपाली र विदेशी सदस्य पनि भेट्नु भएको छ ।

पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,'बेलायती नागरिक क्यान्टनसहित आरोहण दलका नेपाली तथा विदेशी सदस्यहरुसँग अमादब्लम हिमालको आरोहणका क्रममा आधार शिविरमा भेट हुँदा खुशी लाग्यो । कोभिड-१९ का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कन थालेको छ । सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढाैँ ।'

यसअघि १४ पटक  सगरमाथाको आरोहण गरेका बेलायती क्यान्टन र उहाँको आरोहण दल आमादब्लम हिमाल आरोहणका लागि आधार शिविर पुगेका हुन् । कोरोना भाइरसको सङ्क्रमणकाबीच अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ ।

पर्वतारोहण विषयमा जानकार नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाका  अनुसार अमादब्लम आरोहणमा विदेशीको आकर्षण बढ्दो छ । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया