कोरोनाविरुद्धको खोप ६५ वर्षभन्दा माथिका मानिसमा पनि परीक्षण, ९४ प्रतिशत सफल भएको दाबी

 मंसिर ४, २०७७ बिहीबार ६:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फाइजरले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपले ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसमा पनि ९४ प्रतिशत सफल भएको दाबी गरेको छ । 

अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोन्टेकले मिलेर यो खोप बनाइरहेका छन् । तेस्रो चरणको परीक्षणका क्रममा यो खोपले सबै उमेर समूहका मानिसमा एक समान असर देखा परेको कम्पनीले जनाएको छ।

दुवै कम्पनीले अब खोपको आपतकालिन प्रयोगका लागि अमेरिकामा आवेदन गर्ने जनाएका बीबीसीले खबरमा उल्लेख । विश्वका ४१ हजार मानिसमा परीक्षण गरिसकेको कम्पनीको दाबी छ । अघिल्लो हप्ता कम्पनीले खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको थियो । भने सुरक्षाको लागि पनि कुनै चिन्ता नलिन आग्रह गरेको थियो । अझै पूरा नतिजा आउन बाँकी छ । तैपनि उसले फेरि सुरक्षालाई लिएर गम्भीर असर नभएको बताएको छ ।

परीक्षणमा सम्मिलित ४२ प्रतिशत मानिस अलगअलग उमेर समूहका रहेका छन् । ४१ प्रतिशत ५६ देखि ८५ वर्ष उमेर समूहका रहेका थिए । अहिले अमेरिका, जर्मनी, टर्की, दक्षिण अफ्रिका, ब्राजिल र अर्जेन्टिनमासमेत गरी विश्वभर १ सय ५० ठाउँमा भ्याक्सिनको परीक्षण चलिरहेको छ ।

कम्पनीले सन २०२० को अन्त्यसम्ममा पाँच करोड डोज र २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज उत्पादन गर्ने जनाएको छ । बेलायतले यो खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । बेलायतले अक्सफोर्ड र एस्ट्राजेनेको खोपको पनि १० करोड डोजको अर्डर गरिसकेको छ ।

अक्सफोर्डले पनि आफूले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोपको तेस्रो चरणको परीक्षणको नतिजा छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया