बालकको ज्यान गएपछि स्थानीयबासिन्दाले बन्द गरेको त्रिभुवन राजपथको धादिङखण्ड खुल्यो

 मंसिर ४, २०७७ बिहिबार ७:०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बालकको ज्यान गएपछि स्थानीयबासिन्दाले बन्द गरेको त्रिभुवन राजपथको धादिङखण्ड खुलेको छ ।

धादिङको धुनीबेंसी नगरपालिको खानीखोलामा ना ६ ख ४९४७ नम्बरको ट्रकले ठक्कर दिएर धुनीबेंसी ७ का ८ वर्षका रितेश तामाङको ज्यान गएपछि स्थानीयबासिन्दाले सडक बन्द गरेका थिए । घटना लगत्तै एकतर्फी खुलेको राजमार्ग स्थानीयबासिन्दाको अवरोधका कारण दुईतर्फी नै बन्द भएको थियो । तर हिजो बेलुका साढे सात बजेदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ  ।

ठक्कर दिने गाडी चालकलाई भने प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया