ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – बीबीसीले बेलायती राजकुमारी डायनाले सन् १९९५ दिएको अन्तर्वार्ताको स्वतन्त्र जाँच गराउने जनाएको छ ।
खासमा डायनाका भाइ अर्ल स्पेन्सरले सन् १९९५ मा बीबीसीका पत्रकार मार्टिन बशीरले डायनालाई अन्तर्वार्ताको लागि मनाउन बैंकको नक्कली स्टेटमेन्टको प्रयोग गरेको आरोप लगाएका छन् ।
यो दाबीको जाँच गर्न बीबीसीले बेलायतका सबैभन्दा वरिष्ठ न्यायाधीशमध्ये एक लर्ड डायसनलाई जाँच प्रमुखको रुपमा नियुक्त गरेको छ । लर्ड डायसनसँग बेलायतको सर्वाेच्च अदालतको न्यायाधीश भएको अनुभव छ ।
बीबीसीका महानिर्देशक टिम डेभी भन्छन्, ‘बीबीसीको यो घटनापछिको सत्यता थाहा पाउनको लागि प्रतिबद्ध छ, यही कारण हामीले एक स्वतन्त्र जाँचको आदेश दिएका छौँ । लर्ड डायसन एक प्रख्यात र निकै सम्मानित व्यक्ति हुन्, जसले जाँचको नेतृत्व गर्नेछन् ।’
डायनाका भाइ अर्ल स्पेन्सरले यही महिनाको सुरुवातमा नै यस विषयको स्वतन्त्र जाँच गर्न मार्ग गर्दै भनेका थिए, ‘त्यो अन्तर्वार्ता पाउनको लागि सरासर बेइमानीको सहारा लिइएको थियो ।’
डेली मेलको एक रिपोर्टअनुसार अर्ल स्पेन्सरले टिम डेभीको नाम लेखिएको एक पत्रमा पत्रकार मार्टिन बशीर (सन् १९९५ मा डायनाको अन्तर्वार्ता लिने पत्रकार) ले नक्कली बैंक स्टेटमेन्ट्सको माध्यमबाट शाही घरानामा काम गर्ने दुई वरिष्ठ अधिकारीलाई डायनासँग जोडिएको जानकारी जुटाउनका लागि भुक्तान गरिएको उल्लेख गरेका थिए ।
उनले लेखेका छन्, ‘यदि मलाई यो नदेखाइएको भए म मार्टिन बशीरलाई कहिल्यै पनि मेरी बहिनी डायनासँग भेट गराउने थिइँन ।’
डेली मेललाई दिएको एक अन्तर्वार्तामा अर्ल स्पेन्सरले भनेका छन्, ‘मार्टिन बशीरले भेटका क्रममा डायनासम्म पुग्नका लागि शाही घरानाका कैयौँ वरिष्ठ व्यक्तिहरुविरुद्ध झुटा र मानहानीले भरिएको दाबी गरेका थिए ।’
बशीरले डायनाको निजी पत्र खोल्न लागिएको, उनको कारको पिछा गरिरहेको र फोन पनि ट्याप गरिरहेको दाबी गरेका थिए ।
५७ वर्षीय मार्टिन बशीर बीबीसी न्युजमा धार्मिक विषयका सम्पादक छन् ।
अहिले उनी मुटुको अपरेशन र कोभिड–१९ जस्ता स्वास्थ्य समस्याका कारण यी आरोपबारेमा उनले कुनै प्रतिक्रिया दिन सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।