नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल प्रहरीमा समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ । मन्त्रिपरिषद् बैठकले प्रहरी समायोजन सम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै समायोजनका लागि बाटो खुलेको हो ।
प्रहरी समायोजन विधेयक २०७६ यसअघि नै स्वीकृत भइसकेको हो । नयाँ व्यवस्थाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) एक र प्रहरी नायब महानिरीक्षक (डीआईजी)पाँच गरी छ दरबन्दी थप गरेको छ । सरकारले प्रहरी समायोजनका लागि भन्दै यसअघि एआईजीको सातवटा दरबन्दी घटाएर तीन र डीआईजीको २६ वटा दरबन्दी घटाएर १४ पुर्याएको थियो । थप गरिएको एआईजीको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका लागि रहेको छ।
प्रहरी प्रधान कार्यालय अन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालय र नेपाल प्रहरी अस्पताल (प्राविधिक) गरी पाँचजना एआईजीको व्यवस्था गरेको छ । सातै वटै प्रदेश प्रहरी प्रमुखको रुपमा डीआईजीलाई खटाउने छ ।
एआईजी र डीआईजीको थप दरबन्दी स्वीकृत भएसँगै बढुवा प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।