उद्योग वाणिज्य महासङ्घकाे चुनाव : दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

 मंसिर ५, २०७७ शुक्रबार ७:४७:४९ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन सुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको हो । निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुनुहुन्छ ।

यसअघि मोरङ व्यापार सङ्घको कार्यकारी सदस्यसमेत रहनुभएका राउत अहिले नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश नं १ का उपाध्यक्षसमेत हुनुहुन्छ । त्यस्तै अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुनुहुन्छ ।

अग्रवाल एशोसिएटतर्फबाट च्याम्बरअन्तर्गत निर्विरोध हुनुभएको महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया