नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - कोरोना महामारीकाबीच मनाइएको यसवर्षको तिहारमा सयपत्री र मखमली गरी १६ लाख मालाको खपत भएको छ ।
अघिल्लो वर्ष झण्डै २५ लाख मालाको कारोबार भएकोमा यसवर्ष १६ लाख मात्रै मालाको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले जनाएको छ । यसवर्षको तिहारमा झण्डै १३ लाख सयपत्री र ३ लाख मखमली गरी १६ लाख मालाको कारोबार भएको एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष सयपत्री र मखमली फूलको कारोबारमा ३६ प्रतिशतले कमी आएको छ ।
आन्तरिक उत्पादनबाटै माग पूर्ति
फूलैफूलको पर्व मानिने तिहारमा फूलको धेरै कारोबार हुने गर्छ । विशेष गरी यमपञ्चकको पाँच दिनमा सयपत्री र भाइटीकाका लागि मखमली फूलको बढी कारोबार हुन्छ । तिहारमा सयपत्री फूलको प्रतिमाला ७० देखि १ सय २५ रुपैयाँसम्म र मखमलीको ५० देखि ८० रुपैयाँसम्म बजारमा कारोबार भएको छ । अध्यक्ष कसजुका अनुसार केही वर्ष अघिसम्म तिहारमा फूलको आयात गर्नुपर्थ्याे, तर यसवर्ष तिहारमा आवश्यक सयपत्री फूलको माला आन्तरिक उत्पादनबाटै परिपूर्ति भएको छ ।
मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ । मखमली केही मात्रामा निर्यात समेत हुने गरेको छ । यसवर्षको तिहारमा कोरोना कहरका बीच पनि झण्डै एक लाख ५० हजार मखमली फूलको माला विभिन्न देशमा निर्यात भएकोे छ ।
कारोबार तथ्याङ्कमा
यसवर्ष आन्तरिकतर्फ ११ करोड ७० लाख रुपैयाँ बराबरको सयपत्री र एक करोड ८० लाख रुपैयाँको मखमलीको कारोबार भएको छ । त्यस्तै ४५ लाख रुपैयाँ बराबरको मखमली निर्यात भएको छ । सयपत्री र मखमली गरी १३ करोड ९५ लाख रुपैयाँको कारोबार भएको एशोसियसनले जनाएको छ ।
फूलको उत्पादन विस्तार : यसवर्ष कोरोनाको असर
फ्लोरिकल्चर एशोसिएसन नेपालले आर्थिक वर्ष ०७१/०७२ देखि ०७४/७५ सम्म सरकारसँगको सहकार्यमा सयपत्री फूलको उत्पादन विस्तार तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेको थियो । यस कार्यक्रममार्फत विभिन्न जिल्लाहरुमा पुष्प खेती गरिरहेका पुष्प उद्यमी तथा किसानलाई छनौट गरी ६२ रोपनी भन्दा बढी क्षेत्रफलमा टनेल निर्माणमा सहयोग गरी व्यावसायिक सयपत्री फूलको उत्पादन विस्तारमा सघाउ पुर्याएको थियो । यसले थप सयपत्री फूलको उत्पादन विस्तार गर्यो ।
तर अझै पनि उत्पादन प्रविधिको विकास, भण्डारण, ढुवानी तथा बजारीकरणको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकेको अध्यक्ष कसजुले बताउनुभयो । यसवर्ष कोरोना महामारीले फूलको व्यवसाय विस्तारमा असर पारेको पनि अध्यक्ष कसजुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।