नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - हङकङको आन्तरिक मामिलालाई लिएर पश्चिमा देशहरुको चासो बढ्दै गएको छ ।
पश्चिमा देशहरुको चासो बढेसँगै चीनले विरोध जनाएको छ । चीनले हङकङको आन्तरिक मामिलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाले अनावश्यक चासो देखाएको भन्दै विरोध जनाएको हो । पश्चिमा देशहरुले गठबन्धन बनाएर हङकङको आन्तरिक मामिलामा चासो देखाएको भन्दै चीनले असन्तुष्टि व्यक्त गरेको बीबीसीको खबरमा उल्लेख छ ।
चीनले हङकङमा निर्वाचित व्यवस्थालाई अयोग्य ठहर गर्दै नयाँ नियम लगाएको ती राष्ट्रहरुको आरोप छ । चीनमाथि आफ्ना प्रतिनिधि चयन गर्ने हङकङका नागरिकको स्वतन्त्र अधिकारको हनन् गरेको आरोप उनीहरुले लगाएका छन् । चिनियाँ विदेश मन्त्रालयले हङकङको आन्तरिक मामिलामा चासो नदेखाउन चेतावनी दिएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले गठबन्धन गरेर चीनको कदमको विरोध नगर्न आग्रहसमेत गर्नुभएको खबरमा उल्लेख छ । हङकङले चार जना सांसदलाई विधायिकाबाट निष्कासन गरेको थियो । हङकङको प्रस्तावलाई बेइजिङले समर्थन गरेपछि राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै ती सांसदहरुलाई निष्कासन गरिएको बताइएको छ ।
कदमपछि हङकङका प्रजातन्त्र समर्थक सबै सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।