३३ एसएसपीकाे सरुवा : काठमाण्डाैमा अशाेक सिंह, ललितपुरमा किरण बज्राचार्य (हेर्नुहाेस् सूची)

 मंसिर ५, २०७७ शुक्रबार १४:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । कात्तिक ७ गते आइतबारदेखि लागू हुने गरी नेपाल सरकार, गृह मन्त्रालयले शुक्रबार निर्णय गरेको हो । 

गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा महानगरीय प्रहरी परिसर काठमाण्डौ र ललितपुरका प्रमुख पनि परिवर्तन भएका छन् । काठमाण्डौ परिसरका प्रमुख अशोक सिंह हुनुभएकाे छ भने ललितपुर परिसरका प्रमुख किरण बज्राचार्य हुनुभएकाे छ । अहिले काठमाण्डाैमा श्यामलाल ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई हुनुहुन्छ ।

यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका प्रमुख जनक भट्टराई हुनुभएकाे छ । अहिले रामशाह पथमा भीमप्रसाद ढकाल हुनुहुन्छ ।  

हेर्नुहोस् सूची–

 

अन्तिम अपडेट: मंसिर १२, २०७७

तपाईको प्रतिक्रिया