नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – विभिन्न १८ बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडकलगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग मङ्सिर २० गतेसम्म पूरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरू आन्दोलित भएका हुन् ।
वैज्ञानिक ढङ्गबाट फोहरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम नागरिकले भनेअनुसार तत्काल सुरु गर्नुपर्ने उनीहरूको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनास्टकाे आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ ।
स्थानीय दिनेश कार्कीले बञ्चरे डाँडामा ल्याण्डफिल साइट फोहर फाल्न तयारी अवस्थामा रहे पनि आफ्ना मागहरू पूरा नभएसम्म फाेहर फाल्न नदिने बताउनुभयो । नागरिककाे न्यूनतम मागहरू समेत पूरा नगरि फोहर फाल्ने तयारी भएपछि आफूहरू आन्दोलित भएको उहाँको भनाइ छ ।
यातायात, शिक्षा, स्वास्थ्य, पशु बीमा, बाली बीमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाब किताब गर्नुपर्ने, ८० शय्याको अस्पताल तत्काल निर्माण गर्नुपर्ने उनीहरूकाे माग छ । वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढङ्गमा कायम गर्नुपर्ने र फोहरको प्रभावबाट मानिस, पशुपंक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेण्टी गर्नुपर्ने स्थानीयहरूको भनाइ छ । अर्का स्थानीय रामचन्द्र ढुङ्गानाले नागरिकले अहिलेसम्म काठमाण्डौको फोहर मात्रै खाएको बताउनुभयो । स्थानीयहरूको व्यवस्थापन नहुँदासम्म फोहर फाल्न नदिने उहाँको भनाइ छ ।
स्थानीयले फोहरबाट निस्कने लिचड पदार्थको उचित व्यवस्थापन हुनुपर्ने पनि बताएका छन् । मङ्सिर २० गतेसम्म आफ्ना माग पूरा गर्न अल्टिमेटम दिँदै स्थानीयहरूले मानव बसोबासरहित फोहरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन् । फोहरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेण्टी गनुपर्ने उनीहरूको माग छ ।
ककनी गाउँपालिका ३ का वडाध्यक्ष घनश्याम बजगाईँले फोहरमा राजनीति नगर्न आग्रह गर्नुभयो । काठमाण्डौ महानगरले आफूहरूमाथि मानवीय व्यवहार नगरेको भन्दै उहाँले आक्रोशसमेत व्यक्त गर्नुभयो ।
वाग्मती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहर फाल्ने निर्णय नै गलत भएको बताउनुभयो । फोहर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।
लामो समयदेखि काठमाण्डौ उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बञ्चरे डाँडामा व्यवस्थापन गर्ने गरिएको छ । आफ्नाे स्वास्थ्यमा गम्भीर असर पर्ने गरी फोहर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले लामो समयदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।