हरियाणाका स्वास्थ्यमन्त्रीले लगाए काेराेनाकाे सम्भावित खाेप

 मंसिर ५, २०७७ शुक्रबार १५:५७:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल भिजले कोरोना भाइरस विरुद्धको सम्भावित खोप लगाएका छन् ।  

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले शुक्रबार कोरोना विरुद्धको सम्भावित खाेप ‘कोभ्याक्सिन’ लगाएको जानकारी दिएका छन् । उनले आफूलाई स्वास्थ्य विभागका विशेषज्ञ डाक्टरको टोलीको निगरानीमा भारतको बायोटेक कम्पनीले बनाएको कोरोना विरुद्धको सम्भावित खोप लगाइएको बताएका छन् ।

भारतमा बायोटेक कम्पनीले इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएमआरकाे सहयोगमा कोरोना विरुद्धको खोप बनाइरहेको छ । कम्पनीले यही हप्ता यो खोपको तेस्रो चरणको परीक्षण २६ हजार स्वयंसेवकमा गर्ने जनाएको थियो ।

यस्तै भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले सन् २०२१ को सुरुवाती महिनामा नै कोरोना विरुद्धको खोप तयार हुने आशा व्यक्त गरेका छन् । उनले अगस्ट, सेप्टेम्बरसम्ममा ३० करोड नागरिकलाई खोप दिने अवस्थामा रहेको बताएका छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया