नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएकाे छ । बाँकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बद्ली रहेकाे छ । आज गण्डकी प्रदेश र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो ।
स्थानीय वायुको प्रभावका कारण यी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकाको मौसम अहिले बद्ली भए पनि बिस्तारै खुल्दै जाने अनुमान गरिएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम हिजो अस्तिको भन्दा बढेको छ ।
५ डिग्री सेल्सियससम्म झरेको काठमाण्डौको न्यूनतम तापक्रम आज भने ८ डिग्री सेल्सियस मापन गरिएको छ । रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् अर्यालले बताउनुभयो । उहाँका अनुसार रातको समयमा बादल लाग्दा पृथ्वीबाट जाने ताप बादलले रोकिदिन्छ तर त्यो पुनः फर्किएर पृथ्वीमा नै आउँछ ।
यसले गर्दा जमिन तातै रहन्छ । तर आकाश सफा भयाे भने न्यूनतम तापक्रम घट्छ । यस्तै दिउँसोको समयमा बादल लागे पनि चिसो बढ्छ । सूर्यका किरण बादलले छेकिदिने हुँदा दिउँसोको समयमा बादल लागेमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । आज काठमाण्डौको अधिकतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।