नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय विभूति शङ्खधर साख्वा र प्रजातान्त्रिक आन्दोलनका सूत्रधार पद्मरत्न तुलाधरको सालिक शनिबार अनावरण गरिएको छ ।
सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा निर्माण गरिएको शाख्वा र तुलाधरको सालिक अनावरण गरिएको हो । सालिक अनावरणपछि सहरी विकासमन्त्री श्रेष्ठले शाख्वा र तुलाधर दुवै इतिहास पुरुष भएको बताउनुभयो ।
नेपाल सम्वतलाई राष्ट्रिय संवतका रूपमा स्थापित गर्नु भन्नेमा कसैले पनि विमति नराख्ने उल्लेख गर्दै उहाँले रत्नपार्कलाई ‘शङ्खधर उद्यान’ घोषणा गरी वामपन्थी आन्दोलनका अगुवा तुलाधर र प्राजातान्त्रिक आन्दोलनका अगुवा शङ्खधर साख्वाको सालिक निर्माण हुनु इतिहासको सम्मान भएको बताउनुभयो ।
महानगरपालिकाका प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्तिहरूलाई चाहेर पनि बिर्सन नसकिने बताउनुभयो । उपत्यकावासीका लागि शङ्खधर र पद्मरत्न सबै मनमुटुमा रहेको उल्लेख गर्दै मेयर शाक्यले उहाँहरूलाई सधैँ सबैले चिन्न र देख्न सकून् भनेर पार्कभित्र सालिक निर्माण गरिएको बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाल, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगरकी उपप्रमुख हरि प्रभा खड्गी पनि सहभागी हुनुहुन्थ्यो ।
पछिल्ला केही वर्षयता राजा र रानीका नाममा रहेका संरचना भत्काएर राष्ट्रिय व्यक्तित्वहरूको नामबाट नामाकरण गर्ने प्रचलन बढेको छ । त्यसैअनुसार लामो समयदेखि रत्नपार्कको नामले चिनिएको पार्कको नाम राष्ट्रिय विभूति शङ्खधर साख्वाको नामबाट नामाकरण गरी शनिबार साख्वा र तुलाधरको सालिक अनावरण गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।