काठमाण्डाै महानगरपालिकाले भाेलिदेखि फेरि स्वाब सङ्कलन थाल्ने

 मंसिर ६, २०७७ शनिबार १५:२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनकाे कार्य सुरु गर्ने भएको छ । 

नेपाल सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरूको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्ने कार्यलाई फेरि सुरु गर्न लागिएको महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताउनुभएको छ । 

शनिबार राष्ट्रिय विभूति शङ्खधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको सालिक अनावरण कार्यक्रममा उपस्थित हुनुभएका मेयर शाक्यले पत्रकारहरूसँग कुरा गर्दै भोलिदेखि फेरि स्वाब सङ्कलनको कार्य सुरु गर्न लागिएको बताउनुभएको हो । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उहाँले बताउनुभयो । 

काठमाण्डौ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर परीक्षण गर्न मेयर शाक्यले आग्रह गर्नुभयो । 

यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना सङ्क्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उहाँले बताउनुभयो । अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णयअनुसार हुने पनि मेयर शाक्यले बताउनुभयो ।   

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया