२४ घण्टामा १ हजार ६७४ जनामा काेराेना सङ्क्रमण, २ हजार ३२३ जना डिस्चार्ज

सक्रिय सङ्क्रमितकाे सङ्ख्या २४ हजारमा झर्‍याे

 मंसिर ६, २०७७ शनिबार १६:३१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेकाे छ । शनिबार थप एक हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

आठ हजार एक सय ४४ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ६ सय ७४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार तीन सय २३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ९३ हजार तीन सय २५ पुगेको छ ।  

अब नेपालमा २४ हजार नाै जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात सय ५७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप सात सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार तीन सय पाँच पुगेकाे छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया