सप्तरीमा जंगली हात्ती मृत अवस्थामा फेला

 मंसिर ७, २०७७ आइतबार १२:१६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ मा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिनुभयो । सप्तरीको पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष समेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट गाउँमा पसेको हात्ती मृत भेटिएको उहाँले बताउनुभयो । मरेको हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै ठाउँमा गाड्ने तयारी भइरहेको कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया