डोटीको जोरायल गाउँपालिकाका सबै वडामा सडक सञ्जालमा जाेडिए

 मंसिर ७, २०७७ आइतबार १२:४४:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको जोरायल गाउँपालिकाका ६ वटै वडा सडक सञ्जालमा जोडिएका छन् ।

गाउँपालिकाको एक करोडको लगानीमा त्यहाँका सबै वडाहरुमा सडक सञ्जाल पुगेको हो । सबै वडाभरिमा सडक सञ्जाल पुगेपछि स्थानीयवासीलाई यातायातका लागि सहज भएको छ । सडक पुगेपछि गाउँमा उत्पादन भएका तरकारी तथा अन्य चिजवस्तु बजारसम्म पुर्याउन सहज भएको जोरायल गाउँपालिका–५ गड्सेराका दीद्र्दबहादुर बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो,'सबै गाउँमा सडक पुगेको छ, किसानले उत्पादन गरेका चिजवस्तु बजारसम्म पुर्याउन सहज भएको छ, किसानको आयस्तर बढ्नेछ ।' गाउँपालिकाका हरेक वडा कार्यालयमा सडक सञ्जाल पुर्याउने उद्देश्यले सडक विस्तारको काम गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो,'पाँच वर्षभित्र सबै वडा कार्यालयमा सडक पुर्याउने उदेश्यअनुसार हामीले काम अगाडि बढाएका थियौँ, समयमै काम सकियो यही खुसीको विषय हो ।' वडा कार्यालयसम्म सडक सञ्जाल पुर्याउने कामसँगसँगै टोलटोलमा सडक सञ्जाल विस्तार गर्ने योजना गाउँपालिकाको रहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया