लागुऔषध प्रकरणमा कमेडियन भारती सिंहका पति पनि पक्राउ

 मंसिर ७, २०७७ आइतबार १४:७:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय कमेडियन (हास्य कलाकार) भारती सिंहलाई पक्राउ गरेको एक दिनपछि नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले आइतबार उनका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको छ ।  

एनसीबीले शनिबार मुम्बईको अन्धेरीमा रहेको भारती सिंहको घरबाट गाँजा बरामद गरेपछि उनलाई पक्राउ गरेको थियो ।  

एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेले भारती सिंहका पति पक्राउ परेको समाचार एजेन्सी पीटीआईलाई बताएका छन् । एनसीबीका अधिकारीहरुले भारती सिंह र उनका पतिमाथि गाँजा सेवन गरेको आरोपमा पक्राउ गरिएको बताएका छन् ।  

मेडिकल परीक्षणपछि उनीहरुलाई अदालतमा उपस्थित गराइने बताइएको छ । उनीहरुविरुद्ध नार्काेटिक्स एण्ड साइकोट्रोपिक सब्स्ट्यान्स (एनडीपीएस) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । 
यसअघि भारतीय अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउड कलाकार लागुऔषध सेवनको आरोपमा एनसीबीको निसानामा परेका छन् । 

लागुऔषध प्रकरणमा एनसीबीले अभिनेता अर्जुन रामपालसहित अभिनेत्रीहरु दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र रिया चक्रवर्तीसँग सोधपुछ गरिसकेको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया