घुन्सामा प्रधानमन्त्रीद्वारा सामुदायिक स्वास्थ्य एकाइ भवनकाे उद्घाटन

 मंसिर ८, २०७७ सोमबार १४:८:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे

ताप्लेजुङ – प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका ६ काे घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको साेमबार उद्घाटन गर्नुभएको छ ।

घुन्सा फाउण्डेशनद्वारा निर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नुभएको थियो । भवन उद्घाटनअघि उहाँले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङगोला क्षेत्रको हवाई निरीक्षण पनि गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङलगायत घुन्सा आउनुभएको छ ।

ताप्लेजुङकाे दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया