दक्षिण भारतमा शक्तिशाली तुफानका कारण भारी वर्षा र तीब्र गतिमा हावा चल्दै

 मंसिर ११, २०७७ बिहीबार ७:१८:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – दक्षिण भारतमा निवार नामक शक्तिशाली तुफानका कारण भारी वर्षा र तीब्र गतिमा हावा चलिरहेको छ ।

तमिलनाडु र पुण्डुचेरीलगायत ठाउँमा निरन्तर भारी वर्षा हुनुका साथै तीब्र गतिमा हावा चलिरहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । हावाको रफ्तार १ सय २० देखि १ सय ४५ किलोमिटर प्रतिघण्टा रहेको मौसम विज्ञान विभागलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

तमिलनाडु र पुण्डुचेरीका एक हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । चेन्नई र पुण्डुचेरीमा अझै तीन घण्टा भारी वर्षा र तीब्र गतिमा हावा चल्ने चेतावनी दिइएको छ । तुफानका कारण दक्षिण–पश्चिम रेलवेले एक दर्जन भन्दा धेरै रेल सेवा आजका लागि बन्द गरेको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि ३० टिम तयार पारिएको छ । मौसम विभागका अनुसार दक्षिण आन्ध्र प्रदेशको तटवर्ती क्षेत्रमा पनि भारी वर्षा र तीब्र गतिमा हावा चल्ने सम्भावना छ । निवार तुफानका कारण तमिलनाडुका १३ जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । अहिले चक्रवात उत्तर पश्चिम दिशा तर्फ बढिरहेको छ ।

 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया