किम जाेङले चीनले बनाएकाे काेराेना खाेप लगाएकाे अमेरिकी विज्ञकाे दाबी

 मंसिर १६, २०७७ मंगलबार १३:४३:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – उत्तर कोरियाली नेता किम जोङ उनले चीनले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई भर्खरै त्याे खोप दिइएको बताएका हुन् ।  

ह्यारी काजियानियासले लेलेकाे एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरू र किमका परिवारका सदस्यहरूले एक/दुई हप्ताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताइएकाे छ । 

काजियानियास अहिले वाशिङ्टनमा रहेकाे सेन्टर फर नेशनल इन्ट्रेस्ट थिङ्क ट्याङ्क संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक छन् ।  

लेखमा उनले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन । 

चीनमा अहिले तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै झण्डै १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्याेल हुन सकेको छैन । 

उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर गएकाे जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाइ गरिएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया