जापानले आफ्नाे देशमा बस्ने सबैलाई काेराेनाकाे खाेप निःशुल्क लगाइदिने

 मंसिर १७, २०७७ बुधबार १८:१९:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानले आफ्नो देशमा बस्ने सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेका बेला जापानको संसद्ले एउटा कानुन नै पारित गरेर देशमा रहेका सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित भएको छ । जापानी सरकारले ६ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडेर्नासँग सम्झौता गरेको छ ।

त्यसैगरी बाँकी मानिसलाई पुग्ने गरी एस्ट्राजेनेकाको खोप ल्याउने तयारी भएको अधिकारीहरूले बताएकाे अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

तुलनात्मक रूपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार एक सय जनाको ज्यान गएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया