१० किलो चरेससहित बैतडीमा एक जना पक्राउ

 मंसिर १९, २०७७ शुक्रबार १४:५०:१७ | जयराज अवस्थी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बैतडी – बैतडीमा १० किलो चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका ९ का ३० वर्षीय मानबहादुर धानुक रहेका बैतडीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआईटी)  र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको हो । झोलामा चरेस लिएर  पैदल आइरहेका बेला उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनलाई बिहीबार राति ११ बजेतिर पुर्चौडी नगरपालिका ६ को मोडलीधारबाट पक्राउ गरिएको आरआईटीले जनाएको छ । 

पक्राउ परेका धानुकलाई जिल्ला ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया