पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी – बैतडीको पाटन नगरपालिकाले गएको आर्थिक वर्षमा त्यस क्षेत्रबाट भारतमा काम गर्ने दुई सय ७५ जना आप्रवासी कामदारको बीमा गरेको जनाएको छ ।
ग्रामिण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीले अक्सफाम नेपालको सहयोगमा सञ्चालन गरेको आर्थिक उत्थानशील कार्यक्रम र नगरपालिकाको संयुक्त सहकार्यमा आप्रवासी कामदारहरुको बीमा गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।
भारतमा काम गर्ने नेपालीहरु विभिन्न जोखिममा पर्न सक्ने भएकाले उनीहरुको परिवारलाई सहयोग होस् भनेर बीमा कार्यक्रम शुरु गरिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख चन्दले बताउनुभयो । पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत गएका नागरिकको तथ्यांकलाई व्यवस्थित बनाउने र सोही अनुसार बीमा कार्यक्रमलाई अघि बढाइने उहाँकाे भनाइ छ ।
गएको आर्थिक वर्षमा बीमा गरिएका दुई सय ७५ जनामध्ये एक जनाको रोजगारीकै सिलसिलमा भारतमा ज्यान गएपछि उनका आश्रित परिवारलाई बीमा रकम समेत उपलब्ध गराइएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो ।
पाटन नगरपालिका ६ का नरेन्द्र भण्डारीको रोजगारीको सिलसिलामा भारतमै ज्यान गएको र उहाँका आश्रित परिवारलाई बीमा बापतको १ लाख ५० हजार रुपैयाँ र किरिया खर्च बापतको १० हजार रुपैयाँ उपलब्ध गराइएको जोशीले बताउनुभयो ।
रोजगारीका लागि खाडी लगायत अन्य देशमा जाँदा बीमा अनिवार्य हुनुपर्ने भए पनि भारतमा जाँदा बीमा अनिवार्य नभएकाले स्थानीय सरकारहरुले यसमा ध्यान दिनुपर्ने नगरप्रमुख चन्दले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।