क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो

 मंसिर २१, २०७७ आइतबार २०:१६:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : जेएएक्सए/ईपीए

काठमाण्डाै – ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट सङ्कलन गरी अध्यनका लागि निरीक्षणपछि जापान पठाइएको छ । 

जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्यूगुबाट सङ्कलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो । त्यस यानले एक वर्ष क्षुद्रग्रहको अध्ययन गरेको थियो । 

हासावुसा–२ लाई सन् २०१४ मा अन्तरिक्षमा पठाइएको थियो भने यसले सन् २०१९ को फेब्रुअरी र जुलाईमा नमुनाहरू सङ्कलन गरेको थियो ।

प्रतिसेकेण्ड ११ किलोमिटर गतिमा झरेको त्याे भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरी अस्ट्रेलियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गराइएको जापानी वैज्ञानिकले बताएका छन् । 

चट्टानको अवतरणपछि त्यस ठाउँकाे खोजी हेलिकप्टरबाट गरिएको थियो । जापानी अन्तरिक्ष एजेन्सीको पहलमा सङ्कलन गरिएको त्यस १६ किलोको चट्टानलाई जापानले नै अध्ययन तथा भण्डारण गर्नेछ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया