भारतीय किसानको पक्षमा लण्डनमा पनि आन्दोलन, नियोजित भएको भारतको दाबी

 मंसिर २२, २०७७ सोमबार १३:५७:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले ल्याएको कृषि कानुनको विरोधमा बेलायतको लण्डनमा पनि प्रदर्शन भएको छ ।

कानुनको विरोधमा भारतको राजधानी नयाँ दिल्लीमा एक हप्तादेखि हजारौँ किसानले धर्ना दिइरहेको अवस्थामा लण्डनमा पनि भारतीय उच्च आयोगको कार्यालयबाहिर प्रदर्शन भएको हो । उनीहरूले भारतीय सरकारले किसानलाई मर्का हुने र व्यापारीलाई फाइदा पुग्ने तीन वटा कानुन ल्याएको भन्दै विरोध गरेका भारतीय समाचार एनडीटीभीले जनाएको छ । लण्डन प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

उनीहरुले ‘हामी पञ्जाबका किसानको साथमा छौँ, किसानलाई न्याय देऊ जस्ता नारा लगाएका थिए । केही प्रदर्शनकारीले भारत विरोधी नारा लगाएकाले आन्दोलन नियोजित भएको लण्डनमा रहेको भारतीय उच्च आयोगका प्रवक्ताले जनाएका छन् ।

किसान आन्दोलन भारतको आन्तरिक मामिला भएकाले विदेशमा यसको प्रदर्शन हुनु गम्भीर विषयको उच्च आयोगको दाबी छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया