चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याकलाई ५० करोड डलर सरकारी अनुदान

 मंसिर २२, २०७७ सोमबार १७:४३:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

काठमाण्डाै – चीनले औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई झण्डै ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप उत्पादनमा सघाउन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएकाे वर्ष वुहानबाट फैलिएको कोरोना भाइरसलाई चीनले भने नियन्त्रणमा लिइसकेको छ । चीनमा अहिले मात्र दुई सय ८१ जना मात्रै कोरोनाका सक्रिय सङक्रमित छन् । तर चीनले खोप निर्माण गरी विश्वलाई नै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

खोप निर्माता सिनोभ्याकले कोरोनाविरुद्धको खोप विकास, क्षमता विस्तार र उत्पादनका लागि चीन सरकारबाट प्राप्त रकम खर्च गरिने जनाएको छ । सिनोभ्याकले छिट्टै ६० करोड डोज खोप उत्पादन गर्न सक्षम हुने जनाएको खबरमा उल्लेख छ ।

चीन सरकारले आपत्कालीन प्रयोगका लागि यो खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । तर चिनियाँ खोपलाई व्यापक वितरणका लागि नियामक निकायहरूबाट अनुमति प्राप्त गर्न भने बाँकी नै छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया