टिकटकमाथि ट्रम्प प्रशासनले लगाएकाे प्रतिबन्धमाथि न्यायाधीशको अङ्कुश

 मंसिर २३, २०७७ मंगलबार १७:५०:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी एक सङ्घीय न्यायाधीशले भिडियो शेयरिङ एक टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरू अहिलेलाई रोक्न आदेश दिएका छन् । 

चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटकमार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । 

तर सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनका तर्फबाट वाणिज्य मन्त्रालयले प्रस्तुत गरेका तर्कहरू पर्याप्त नभएको आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने क्रममा आफ्नो अधिकार क्षेत्र नाघेको र एकपक्षीय एवं स्वेच्छाचारी निर्णय गरेको न्यायाधीशको आदेशमा उल्लेख छ । 

ट्रम्प प्रशासनले बाइटडान्सलाई अमेरिकामा टिकटक हेर्नका लागि अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिएकाे थियो । तर अहिलेसम्म अमेरिकी कम्पनीहरूसँग सम्झौताका लागि वार्ताहरू भए पनि निर्णय भइसकेको छैन ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया