विश्वमा कोरोना सङ्क्रमण हुनेको संख्या ७ करोड नाघ्यो

 मंसिर २६, २०७७ शुक्रबार १२:३४:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमण हुनेको संख्या ७ करोड नाघेको छ ।

वर्ल्डओ मिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको थियो । यस्तै विश्वमा अहिलेसम्म ४ करोड ९१ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । विश्वमा अहिले १ करोड ९९ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् ।

यस्तै विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट १५ लाख ८८ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म सङ्क्रमित संख्या १ करोड ६० लाख नाघेको छ भने त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा धेरै सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यस्तै, सबैभन्दा धेरै कोरोना प्रभावित देशको दोस्रो स्थानमा रहेको भारतमा ९७ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने त्यहाँ कोरोनाका कारण एक लाख ४२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया