काठमाण्डौका विभिन्न ठाउँमा आज साढे दुई देखि नौ घण्टासम्म बिजु...
बैशाख ८, २०८१ शनिबार
दोलखा – दोलखाको तामाकोशी गाउँपालिकामा कोभिड १९ अस्थायी अस्पताल स्थापना गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मालु स्वास्थ्य चौकीलाई पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा विस्तार गरेर सञ्चालनमा ल्याएको हो । कोरोना अस्पतालका लागि एक जना मेडिकल अधिकृत, एक जना हेल्थ असिस्टेन्ट, दुई जना नर्स, एक जना अहेब र एक जना कार्यालय सहयोगी गरि कुल ६ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले निर्माण गरेको १० कोठे मालु स्वास्थ्य चौकीको भवनमा अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
पुनर्निर्माण प्राधिकरणको एक करोड ५५ लाख ७३ हजार चार सय ४४ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।