नागोर्नो–काराबाख क्षेत्रमा युद्धविराम उल्लङ्घन भएको रुसी सेनाको दाबी

 मंसिर २८, २०७७ आइतबार १८:४२:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अर्मेनिया र अजरबैजानको विवादित भूमि नागोर्नो–काराबाख क्षेत्रमा युद्धविराम उल्लङ्घन भएको रुसी सेनाले दाबी गरेको छ ।

रुसी सेनाले विज्ञप्ति निकालेर डिसेम्बर ११ अर्थात् गएको शुक्रबार हाद्रुत जिल्लामा युद्धविराम सम्झौताकाे उल्लङ्घन भएको दाबी गरेको हो । तर सम्झौता कुन पक्षले उल्लङ्घन गरेको भनेर आधिकारिक रूपमा खुलाइएको छैन ।

रुसको रक्षा मन्त्रालयले स्वचालित हतियारबाट एकअर्कामाथि आक्रमण गरेको अलजजिराले जनाएको छ । अघिल्लो महिना अर्मेनिया, अजरबैजान र रुसबीच युद्धविरामकाे सम्झौता भएको थियो । नागोर्नो–काराबाखमा शान्ति स्थापनाका लागि रुसी सेना खटिएका छन् ।

युद्धविराम हुनुअघि अर्मेनिया र अजरबैजानबीच झण्डै ६ हप्ता हिंसात्मक क्रियाकलाप भएका थिए । नागोर्नो–काराबाख अजरबैजानको भूमि मानिन्छ । तर अर्मेनियाको पकड छ । युद्धमा अजरबैजानले अर्मेनियाबाट केही भूभाग फिर्ता लिएको थियो । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया