खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
चितवन – गृहमन्त्री रामबहादुर थापाले चालु आर्थिक वर्षमा दुई सय २१ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको बताउनुभएकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको सोमबार (आज) भण्डारामा उद्घाटन गर्दै उहाँले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रूपमा सम्पादन गर्न यसले सहयोग पुर्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्ति, सुरक्षा र अमन–चयन कायम गर्ने कुरा सम्भव हुन्छ ।’ उहाँले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।
सीमा सुरक्षासम्बन्धी कानुन तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत त्यो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं सङ्गठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । गृहमन्त्रीले भन्नुभयो, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले आफ्नो पेसागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र सङ्गठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ ।’
भारत र चीन दुवै देशसँग सीमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्त्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उहाँले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिनुभयो ।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सीमा सुरक्षालाई बलियो बनाउँदै अघि बढ्ने बताउनुभयो । उहाँका अनुसार देशका सिमानामा पाँच सय वटा बीओपी पुर्याइने छ ।
बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मन्दीप श्रेष्ठले बाहिनीका बारेमा जानकारी गराउनुभएको थियो । यस बाहिनी विसं २०७५ भदौ ६ गते स्थापना भएको हो । यसले काठमाण्डौ उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।