रिपब्लिकन पार्टीका नेताले पनि बाइडेनलाई बधाई दिए

 पुष १, २०७७ बुधबार ८:४७:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी तथा रिपब्लिकन पार्टीका शीर्ष नेताले झण्डै डेढ महिनाको मौनता तोडेर राष्ट्रपतिमा जो बाइडेनको जितलाई स्वीकार गरेका छन् ।

माथिल्लो सदन सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याकोनलले पहिलोपटक जो बाइडेनलाई निर्वाचित राष्ट्रपति भनेर सम्बोधन गर्नुभएको बिबिसीको खबरमा उल्लेख छ । गएको नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्याट्रिक उम्मेदवार बाइडेनले राष्ट्रपति ट्रम्पलाई पराजित गर्नुभएको हो । तर ट्रम्पले भने विना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आउनुभएको थियो ।

सिनेट मेजोरिटी लिडर मिचसहित अधिकांश रिपब्लिकन नेताहरु ट्रम्पको आरोपको पछि लागेका थिए । तर बाइडेनको जितलाई इलेक्टोरल कलेजका सदस्यहरुले प्रमाणिकरण गरेसँगै शीर्ष रिपब्लिकन नेताहरुले मौनता तोड्न थालेका हुन् । बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज मत पाएर जित हासिल गर्नुभएको हो भने ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत पाउनुभएको हो ।

यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बाइडेनलाई बधाई दिनुभएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया