क्रिसमस र नयाँ वर्ष मनाउँदा अनिवार्य मास्क लगाउन डब्ल्यूएचओको आग्रह

 पुष १, २०७७ बुधबार २०:१९:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा अनिवार्य मास्क लगाउन आह्वान गरेको छ । सङ्गठनले नयाँ वर्ष सन् २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरेको छ ।

नयाँ वर्ष र क्रिसमस मनाउने क्रममा सामान्य हेलचेक्रयाइँ गरियो भने युरोपभरि नै कोरोना भाइरसको महामारी अझ बढ्ने खतरा भएको भन्दै डब्ल्यूएचओले सचेत गराएको छ । डब्ल्यूएचओले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुन सक्ने उल्लेख गरेको छ ।

उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनुपर्ने र सँगसगै काम गर्नुपर्नेतर्फ पनि सङ्गठनले सबैको ध्यानाकर्षण गराएको छ । हरेक व्यक्ति–व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा सङ्गठनले जोड दिएको छ ।

बिदा वा चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट मुक्त भइने सङ्गठनले भनेको छ । सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै घरमा नयाँ वर्ष र क्रिसमस मनाउन र बाहिर जानै परेमा मास्कको पूर्ण प्रयोग गर्न सङ्गठनको अनुरोध छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया