एमसीसीद्वारा श्रीलङ्कासँगकाे प्रस्तावित सम्झाैता रद्द

 पुष २, २०७७ बिहीबार १३:५९:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै –  वाशिङ्टनमा रहेको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बोर्डले श्रीलङ्कासँगको प्रस्तावित ४८० मिलियन अमेरिकी डलर बराबरको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । 

‘श्रीलङ्का प्रशासनले सहकार्य गर्न चासो नदेखाएपछि १५ डिसेम्बरमा बोर्डको बैठकले उससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो’, कोलम्बोमा रहेको अमेरिकी दूतावासले भनेको छ । यसअघि श्रीङ्काले आर्थिक विकासमा जोड दिन, गरिबी घटाउन र अर्थतन्त्र बढाउन अनुदान लिने निर्णय गरेको थियो । 

देशको स्वामित्व, पारदर्शिता र अनुदान परिणामहरूको लागि उत्तरदायित्व एमसीसीको विकास मोडेलको आधारभूत हुन्छ । 

अमेरिकी सहयाेग नियाेगकाे एमसीसीले विश्वका ३० देशलाई झण्डै १३ दशमलव ५ बिलियन डलर बराबरको अनुदान दिएको अमेरिकी दूतावासले जनाएको छ ।   

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया