अपहरण गरिएका ३ सयभन्दा धेरै नाइजेरियाली विद्यार्थी मुक्त

 पुष ३, २०७७ शुक्रबार १९:३७:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – नाइजेरियामा एक हप्ताअघि बेपत्ता पारिएका तीन सयभन्दा धेरै विद्यार्थी अपहरणमुक्त भएका छन् ।

नाइजेरियाको उत्तरी राज्य कात्सिनाबाट बन्दुकधारी समूहले विद्यालयमा आक्रमण गरी तीन सयभन्दा धेरै विद्यार्थीलाई अपहरण गरेका थिए । तीन सय ४४ जना विद्यार्थी कात्सिना फर्केका र उनीहरुको स्वास्थ्य उपचारपछि परिवारको जिम्मा लगाइने कात्सिना राज्यका गभर्नर अमिनु मासारीले बताएका छन् । 

राजधानी क्याट्सिना आइपुगेका विद्यार्थीहरु थकित अवस्थामा देखिएको र चिन्तित भएको संवाददाताले जानकारी दिएको बीबीसीले जनाएको छ । उनीहरु चिन्तित देखिए पनि ठिक रहेको बताइएको छ । तीमध्ये केहीले विद्यालयको पोसाक लगाइरहेको र केहीले कम्बल ओडिरहेका थिए । 

गएको ११ डिसेम्बरमा कंकारा सहरमा रहेको एक विद्यालयमा भएको आक्रमणमा आफ्नो संलग्नता रहेको इस्लामिक आतङ्कवादी समूह बोको हरामले दाबी गरेको थियो । 

अपहरणमा परेको सबै जना रिहा भएका हुन् वा होइनन् भन्नेबारेमा स्पष्ट भइसकेको छैन ।  

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया