कोरोना सङ्क्रमित बुरुण्डीका पूर्वराष्ट्रपतिको निधन

 पुष ३, २०७७ शुक्रबार २०:१७:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित बुरुण्डीका पूर्वराष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका बुयोयाको ७१ वर्षको उमेरमा निधन भएको हो । 

फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उनको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।  

अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमा समेत रहेका बुयोयाले केही हप्ता अगाडि मात्रै त्यस पदबाट राजीनामा दिएका थिए । 
सानो अफ्रिकी देश बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उनले ठूलो योगदान गरेको श्रेय दिने गरिन्छ ।

अस्वस्थ भएपछि उनलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ सुधार नभएपछि बिहीबार मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् ।   

उनले सन् २०१२ देखि गएको नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विषेश प्रतिनिधिका रुपमा सेवा गर्दै आएका थिए । 

तर सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन कारावासको फैसला भएपछि उनले राजीनामा दिएका हुन् ।

उनले भने त्यस फैसलालाई राजनीतिक पूर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिँदै आएका थिए । आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उनले बताएका थिए ।   

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया