इजरायलमा कोरोनाविरुद्धको खोप लगाउन सुरु : हरेक दिन ६० हजारलाई खोप दिने लक्ष्य

 पुष ५, २०७७ आइतबार १९:४:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायलमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ । इजरायलमा विभिन्न १० अस्पताल र खोप केन्द्रबाट आइतबारदेखि पहिलाे चरणमा स्वास्थ्यकर्मीहरूलाई खोप लगाउन सुरु गरिएकाे हाे ।  

स्वास्थ्यकर्मीपछि ६० वर्ष भन्दामाथिका उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी छ । स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु गर्नुअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र स्वास्थ्यमन्त्रीले एकसाथ कार्यक्रम सुरु गर्नुभयो । उहाँहरूले पनि फाइजर र बायोटेकले विकास गरेको कोरोना खोप लगाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नेतन्याहुले सबैलाई खोप लगाउन प्रेरित गर्न आफूले पनि खोप लगाएको प्रतिक्रिया दिनुभएको छ । एक हप्ताअघि इजरायलमा पहिलो चरणको खोप पुगेको थियो । सरकारले हरेक दिन ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

इजरायलले फाइजरसँग ८० लाख डोज कोरोना खोपको लागि सम्झौता गरेको छ । इजरायलमा अहिलेसम्म तीन लाख ७३ हजार ६ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ तीन लाख ४६ हजार सङ्क्रमणपछि निको भएका छन् भने तीन हजार ८२ जनाको ज्यान गएको वर्ल्डाेमिटरको तथ्याङ्कमा उल्लेख छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया