जापानमा १० खर्ब डलरको बजेट स्वीकृत, पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो

 पुस ६, २०७७ सोमबार २०:३:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानको मन्त्रिपरिषद्ले सन् २०२१ का लागि साेमबार १० खर्ब अमेरिकी डलरको बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो ।

कोरोना भाइरस सङ्क्रमण र स्वास्थ्य सेवा प्रणालीमा चुनौती थपिएको भन्दै सरकारले ५० खर्ब येन छुट्याइएको जनाएको छ । जापानी अर्थमन्त्री तारो आसोले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम, अर्थतन्त्रको पुनरुत्थान तथा देशको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्ने चुनौती रहेको बताउनुभयो ।

जापानको प्रस्तावित बजेटमा ३३ अर्ब येन रक्षाका लागि छुट्याइएको छ । रक्षा मन्त्रालयले जापानी युद्धपोतलाई थप सुसज्जित बनाउने कार्यक्रम ल्याएको छ । तर जापानले अमेरिकासँग खरिद गर्न लागेको अत्याधुनिक क्षेप्यास्त्र प्रणालीका विषयमा भने अझै सहमति जुटिसकेको छैन । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया