खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ ।
दरबार क्षेत्रअन्तर्गतका मन्दिरमा नित्य पूजाका लागि गुठी संस्थानले दिँदै आएको खर्च अपुग भई पूजा विधिलगायत अमूर्त संस्कृति लोप हुने खतरा बढेपछि समितिको हालैको बैठकले १० वटा मन्दिरलाई मासिक रु दुई हजार ५०० सहयोग गर्ने निर्णय गरेको कार्यकारी निर्देशक सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । संस्थानले दिने खर्च पहिले पर्याप्त भए पनि महङ्गी बढेसँगै अपुग भई नित्य पूजा चलाउन पनि असहज भएको गुनासो आउन थालेपछि समितिले यस्तो निर्णय गरेको हो । संस्थानले ५० वर्षभन्दा अघिदेखिको पूजा खर्चलाई अझै पुनरावलोकन गरेको छैन ।
हनुमानढोका दरबारमा पहिलेको राजप्रसाद सेवाअन्तर्गत मूल पुजारीको दरबन्दी थियो । राजतन्त्रको अन्त्य भएसँगै ती पुजारीको दरबन्दी समितिमै मिलान गरिएको छ । दरबार क्षेत्रका केही मन्दिरमा शार्दूलजङ्ग गुल्ममा रहेका नेपाली सेनाका पण्डितले पूजा गर्ने परम्परा छ । अन्य मन्दिरमा भने संस्थानले दिएको खर्चमा प्राचीनकालदेखि तोकिएका पुजारीका परिवारले पूजा आराधना गर्दै आएका छन् । पुजारीलाई पूजा खर्चसमेत चलाउने गरी थोरै सहयोग दिने गरेकाले पूजा चलाउन मुस्किल हुन थालेको गुनासो बढ्न थालेको छ ।
आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने वसन्तपुर दरबार क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ । बाह्य पर्यटकलाई हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्दा रु एक हजारको टिकट काटिन्छ । यो शुल्क काठमाडौँ महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले उठाउँदै आएको छ । सङ्ग्रहालय प्रवेश गर्ने आन्तरिक पर्यटकको शुल्क भने हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले उठाउने गरेको छ । सङ्ग्रहालय प्रवेश गर्ने विद्यार्थीसँग १५ रुपैयाँ र प्रौढसँग ३० रुपैयाँ उठाउने गरिएको छ ।
हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा खर्च अभावका कारण नित्य पूजा चलाउन नै मुस्किल हुन थालेपछि यहाँका पुजारी पनि सङ्गठन बनाएर सङ्गठित हुन थालेका थिए । इन्द्रमान श्रेष्ठको अध्यक्षतामा हनुमानढोका मठ मन्दिर पुजारी समिति गठन गरी यहाँका अमूर्त सांस्कृतिक सम्पदा भावी पुस्तासम्म कसरी हस्तान्तरण गर्ने भनी काम शुरु भएको उपाध्यक्ष वासुदेव भट्टले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।