दाेलखामा ट्रक पल्टिँदा सहचालककाे ज्यान गयाे

 पुस ८, २०७७ बुधबार १५:५०:४४ | उषा तामाङ
unn.prixa.net

दोलखा – दाेलखाको भीमेश्वर नगरपालिका ५ मा ना ७ ख ३२६८ नम्बरको ट्रक पल्टिँदा सहचालकको ज्यान गएको छ । 

ट्रक पल्टिँदा चितवनको राप्ती नगरपालिका ९ रसौलीका बुद्धिबहादुर तामाङको घटनास्थलमै ज्यान गएको दोलखा प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका चालक अर्जुन बरालको चरिकोट अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) अञ्जन कोइरालाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया